logo tiger cup

आईसीसी यू–१९ टी२० महिला विश्वकपः आज नेपाल र स्कटल्याण्ड भिड्दै

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

आईसीसी यू–१९ टी(२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे मलेसियामा सुरु हुनेछ।

विश्वकपमा डेब्यू गरेको नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो। नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ। समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन्।

आजै हुने सोही समूहको पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश भिड्ने छन्। 

प्रतिक्रिया दिनुहोस