logo tiger cup

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ३१ लाख रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बाग्लुङको ताराखोला गाउँपालिका–३ घर भई काठमाण्डौको महानगरपालिका–२६ सामाखुशी बस्ने ३४ वर्षीय तिलकबहादुर कार्की, स्याङ्जाको गल्याङ नगरपालिका–८ घर भई काठमाण्डौको टोखा नगरपालिका–८ बानियाँटर बस्ने ३४ वर्षीया जमुना परियार र प्यूठानको नौबहिनी गाउँपालिका–६ घर भई काठमाण्डौ महानगरपालिका–१४ बल्खु बस्ने ३६ वर्षीय हरिबहादुर विष्ट  रहेका छन् ।

तिलकबहादुरले बेलायत पठाइदिने भन्दै १ जनाबाट १ लाख, हरिबहादुरले अमेरिका पठाइदिने भन्दै २ जनाबाट २ लाख र जमुनाले अस्ट्रेलिया पठाइदिने भन्दै ३ जनाबाट २८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताएका छन ।

प्रतिक्रिया दिनुहोस