पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित नेपाल मेडिकल काउन्सिलको ७१औं परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।
एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए तर उत्तीर्ण संख्या मात्र २६२ जना (३१.०४ प्रतिशत) रहेको छ । यसमध्ये ५६२ जना (६८ प्रतिशत) अनुत्तीर्ण भएका छन् ।
मेडिकल तर्फ ७७० जनाले फारम भरेकोमा १७ जना अनुपस्थित रहेका थिए । ७५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्र उत्तीर्ण भए ।
बीडीएस तर्फ ९५ जनाले फारम भरेकोमा ४ जना अनुपस्थित रहँदा ९१ जनाले परीक्षामा सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) उत्तीर्ण भए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
देशका धेरैजसो ठाउँमा भाेलि पनि वर्षा