भर्खरै जारी गरेको अध्यादेश 'फास्ट ट्र्याक' बाट पारित गर्ने निर्णय सरकारद्वारा सिद्ध भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदाे शुक्रवार माघ १८ गतेदेखि शुरू हुने संसद्को हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएकाे छ ।
मन्त्री गुरुङले राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद् सचिवालयमा दर्ता भएको र अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको बताउनुभयाे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
देशका धेरैजसो ठाउँमा भाेलि पनि वर्षा