logo tiger cup

स्थानीय सरकारले प्राविधिक शिक्षामा लगानी बढाउनुपर्नेमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 केन्द्रको विराेध नगरी स्थानीय सरकारले प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भनाइ छ ।

 प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको  विराेध गर्न  नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्नेमा उनको जाेड रहेकाे छ ।

बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन उद्घाटन गर्दै उनले स्थानीय सरकारहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘शिक्षाको विकास नभई समृद्धि कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘अब सैद्धान्तिक शिक्षासँगै प्राविधिक शिक्षा मुलुकको आवश्यकता बनिसकेको छ । त्यसैले स्थानीय सरकारहरूले आफ्नो पहिलो प्राथमिकता शिक्षालाई नै बनाउनुपर्दछ ।’ अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो मात्र बनिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस