नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ। आज सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरे।
मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन्। एमालेले ८० वटा मेसिनमार्फत २२६३ प्रतिनिधिका लागि मतदानको व्यवस्था गरेको छ।
मंगलबार बेलुकाबाट हुने भनिएको मतदान आजको लागि सरेको हो। महाधिवेशन प्रतिनिधिसँगै उम्मेदवारहरु मत मागिरहेका छन्।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित