logo go bungy

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खस्दा इन्टर्न डाक्टरको क्रममा मृत्यु

News Logoपरिचित खबर 6 महिना अगाडि
87 2 minutes read

नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका आधारमा घटनाका कारणबारे विभिन्न पक्षबाट अध्ययन भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस