logo tiger cup

पुम्दीकोटमा कैशालधाम निर्माण गर्न फागुन पहिलो साता देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

पोखरा २२ (पुम्दी—भुम्दी) मा रहेको पुम्दीकोटमा कैशालधाम निर्माण
गर्ने उद्धेश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने भएको छ
। पुम्दिकोट कोट विकास समितिको आयोजनामा आउँदो फागुन ७ गते देखि १५
गतेसम्म उक्त महायज्ञ आयोजना हुने भएको समितिका अध्यक्ष एवं मुल आयोजक
समितिका संयोजक चन्द्रकान्त बरालले बताउनु भयो ।
शनिबार पोखरामा आयोजित महायज्ञ प्रचार प्रसार समितिको पहिलो बैठकमा बोल्दै
अध्यक्ष बरालले पछिल्लो समयमा चर्चामा रहेको पुम्दीकोट क्षेत्रको अधुरा भौतिक
पूर्वाधार सहित एक रात पर्यटकहरुको बसाई अवधि लम्बाउने उद्धेश्यले पूर्वाधार
निर्माण हुने गरी हुन लागेकोे महायज्ञलाई सफल पार्न सबैको साथ र सहयोग
आवश्यक भएको बताउनु भयो ।
पुम्दीकोट कोट विकास समितिले यस अघि २०७३ र २०७९ सालमा गरेका शिव
महापुराण ज्ञान महायज्ञ लगायत हालसम्म दानदाताहरुले गर्नुभएको दानलाई
संकलन गर्दै आएको उहाँले प्रष्ट पार्नु भयो । अझै पनि कैलाशधाम निर्माण
गर्ने अभियान निरन्तर जारी रहेको उल्लेख गर्दै उहाँले पर्यटनको राजधानी
पोखरा आउने पर्यटकको बसाँइ कम्तिमा पनि १ दिन लम्व्याउने उद्देश्य अनुरुप
साँझको समयमा विशाल महादेवको मूर्तिलाई पर्दा बनाई लेजर लाईट
मार्फत् शिवलीला प्रदर्शन गर्ने, कैलास पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँचको लागि
शिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा इको
साउण्ड नियन्त्रण गर्ने जस्ता कार्य गर्ने रणनैतिक लक्ष्य राखि श्रीमद्भागवत ज्ञान
महायज्ञ एवम् महाशिवरात्री महिमा–२०८१ को आयोजना गर्न लागिएको अध्यक्ष
बरालले जनाउनु भयो ।
प्रचार प्रसार गर्दा सामाजिक संजाललाई अधिकरुपमा प्रयोग गरी कास्की सहित
गण्डकी प्रदेशका जिल्लासम्म उक्त महायज्ञमा सहयोग गर्ने दाताको खोजि गर्ने
तथा महायज्ञमा सहभागिताको लागि निमन्त्रणा गर्न सबै एक भई लाग्ने बैठकमा
निर्णय भएको सहसंयोजक मात्रिका बरालले बताउनु भयो । आध्यात्मिक जागरण
मार्फत् हाम्रो मन र चित्तको थप शुद्धिकरण गर्ने तथा सनातनधर्मको संरक्षण गर्दै
आकर्षक सुरक्षित धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट बनाउने सङ्कल्प लिएको
उहाँले जनाउनु भयो ।
पुम्दी भुम्दी क्षेत्रका स्थानिय सम्पुर्णमा उक्त महायज्ञ भव्य रुपमा सफल पार्न
र आवश्यक सहयोग गर्न समितिले आव्हान समेत गरेको छ । प्रचार समितिले घर देलो

देखि तुल व्यानर, प्रर्चा पम्प्लेट, माइकिब सहित प्रचार अभियानमा जुट्ने भएको छ ।
छलफल कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उक्त महायज्ञ सफल
पार्न आफ्नो क्षेत्रबाट अहोरात्र खट्ने बताउनु भयो । पोखरा २२ का वडा
अध्यक्ष हिमलाल बराल, स्थानिय लक्ष्मी देवि पौडेल लगायतले आफ्नो गाउँमा
बृहत योजना सहित आयोजना हुने महायज्ञलाई सफल पार्न आवश्यक सहयोग गर्ने
बताउनु भयो ।
प्रचार प्रसारको दोश्रो बैठक यही माघ २५ गते बस्ने भएको समितिले जनाएको छ ।
१ सय ७ सदस्य प्रचार प्रसार समिति गठन भएको समितिका व्यबस्थापक रुद्रनाथ पौडेलले
बताउनु भयो । उक्त महायज्ञमा प्रमुख बाचक भागवत मञ्जरी (माता) राधिका दासी
रहनु हुने भएको छ ।

धम्पुसमा बाघमारा सहकारीको गोष्ठी
पोखरा १९, माघ
बाघमारा बहुउद्धेशीय (साकोस) सहकारी संस्था लि. पोखरा–३३, बाघमाराको आयोजनामा
सहकारी संचालकहरुको क्षमता अभिवृद्धि तालिम तथा अर्धवार्षिक समिक्षा गोष्ठी शनिवार पर्यटकीय
गाउँ धम्पुसमा सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको उक्त कार्यक्रम अर्धवार्षिक
समिक्षा गरि भावी रणनीति समेत तय गरेको छ ।
गोष्ठीको उद्धघाटन सत्रमा संस्थाका संथापक अध्यक्ष डिल्लीराम बराल, सल्लाहकारहरु शिवप्रसाद
आचार्य, केशव प्रसाद आचार्य, हेम बहादुर थापा पराजुली किरण, नन्दलाल काफ्ले, ऋण उपसमिति
संयोजक मनोज कार्की, लेखा समिति संयोजक श्रीधर गिरी, संस्थाका व्यवस्थापक लक्ष्मी
अधिकारी लामिछाने लगायत वक्ताले संस्थाले गरेका आर्थिक, सामजिक र वितिय उपलब्धिहरुको
बारेमा आफ्नो धारणा राख्दै सहकारीको माध्यमाबाट सामाजिक तथा दिगो आर्थिक रु
पान्तरणमा लाग्न सहकार्य र समन्यवमा लाग्ने बिचार व्यक्त गरेका थिए ।
उक्त गोष्ठीमा संस्थाका संचालक समिति, लेखा समिति, ऋण उप समिति र शिक्षा उपसमिति एवम
सल्लाहकार र कर्मचारीहरुलाई प्रशिक्षकको रुपमा जिल्ला बचत संघ कास्कीका पुर्व अध्यक्ष सुदिप
ढकालले सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष तुलसी मणि अधिकारीको
अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन शिक्षा उपसमितिका संयोजक अर्जुन अधिकारी,
प्राबिधिक सहयोग धमेँश जयसवालले गरेका थिए । उक्त गोष्ठीमा ४० जनाको सहभागिता
रहेको थियो।

प्रतिक्रिया दिनुहोस