logo tiger cup

४ वर्षीय बालक अपहरणको आरोपमा एक भियतनामी पक्राउ

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन छन् । बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस