logo tiger cup

निजामती कर्मचारीको उमेर हद बढाउने तयारी

News Logoपरिचित खबर 11 महिना अगाडि
87 2 minutes read

निजामती कर्मचारीहरूको उमेर हद बढाउने तयारी भएको छ ।

 

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा भइरहेको छलफल सकारात्मक रूपले अघि बढिरहेको हो । 

 

समितिले विधेयकमाथि सांसदहरूले राखेको संशोधन प्रस्तावसमेतको अध्ययनसहित प्रतिवेदन बुझाउन नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनाएको समितिमा उमेर हद बढाउनेबारे भइरहेको छलफल सकारात्मक रूपमा अगाडि बढेको हो ।

 उपसमितिका सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा छलफल भइरहेको र त्यो छलफल सकारात्मक तरिकाले अगाडि बढिरहेको जानकारी दिए । ‘निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा छलफल भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस