logo tiger cup

त्रिविमा विद्यार्थी नेताले गरे रेक्टर र डीन कार्यालयको कुर्सी र टेबल तोडफोड

News Logoपरिचित खबर 11 महिना अगाडि
87 2 minutes read

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा पनि तोडफोड भएको छ ।

रेक्टर कार्यालयमा तोडफोड हुनुअघि डिन कार्यालयमा तोडफोड भएको हो ।

डिन प्रा.डा. शंकर खनालका अनुसार ‘कार्यकक्षमा तोडफोड भएको  र कुर्सी अनि टेबल लथालिंग भएको छ साथै कागजातहरू पनि छरिएकाे अवस्थामा र सिसा समेत  फुटाइएको छ ।

डिन खनालका अनुसार उनी त्यतिबेला कार्यकक्षमा थिएनन् ।

डिन खनाललाई हिजो फिजिक्सका विद्यार्थी आएर परीक्षा सार्न भनेका थिए ।

‘उनीहरूले गरेको हो होइन त्यो थाहा छैन । तर हिजो विद्यार्थी आउनु भएको थियो । परीक्षा सर्नुपर्‍यो भन्नु भएको हो । क्यालेन्डर बिग्रन्छ । स्ववियु चुनावको दिन परीक्षा छैन भनेपछि सहमत भएर जानु भएको हो,’ डिन खनालले भनेका छन् ।

तोडफोड हेर्दा विद्यार्थीले गरेजस्तो नलाग्ने खनालले बताए ।यसअघि आजै त्रिविका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्क केसीको कार्यकक्षमा पनि सोही समूहले तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस