प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशकाे जीत
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएकाे छ ।
गण्डकीले दिएकाे ३२ रनकाे लक्ष्य काेशीले १ विकेट गुमाएर २ सय ५० बलअघि नै भेटायाे । काेशीका शकिब हकले नटआउट १६ रन बनाए । गण्डकीका सुवाश भण्डारीले १ विकेट लिए ।
यसअघि रुपन्देहीकाे एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेकाे गण्डकी २० ओभर ४ बलमा ३१ रनमै अलआउट भयाे । प्रधानमन्त्री कप क्रिकेट इतिहासमा याे सबैभन्दा कम याेगफल हाे । यसअघि गएकाे वर्षकाे संस्करणमा गण्डकीसँगकाे खेलमा काेशी २५ रनमै अलआउट भएकाे थियाे ।
आजकाे खेलमा गण्डकीका कुनै पनि खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ९ रन बनाए । काेशीका विपिन महताेले ६ विकेट लिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
काभा पुरूष भलिबलमा आज नेपालले अन्तिम खेल कजाखस्तानसँग
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
अमेरिका–इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दाबी
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध