logo go bungy

म्याग्दीमा ट्रयाक्टर दुर्घटना हुदाँद२ जनाको मृत्यु, ४ घाइते

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

म्याग्दीको  गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

 लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ आउने क्रममा बिहीबार साँझ करिब ५ बजेतिर ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा, स्थानीय १८ वर्षे देविन विक र २१ वर्षे पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

पूर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

४ जना घाइतेमध्ये २ जना स्थानीय कविराज विक र कमल विक छन् । 

घाइते ४ मध्य १ जनालाई पोखरा ल्याइएको छ भने ३ जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस