logo go bungy

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमध्ये ४२ वटामा स्ववियु चुनाव

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन चुनाव भइसकेको छ । ५ गते ३८ वटा क्याम्पसमा र त्यसपछि चारवटा क्याम्पसमा चुनाव भएको हो । त्रिभुवन विश्वविद्यालयका २० वटा आंगिक क्याम्पसमा चुनाव हुन बाँकी नै छ ।

अहिलेसम्म ४२ वटा आंगिक र २५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु चुनाव भएको विश्वविद्यालयले जनाएको छ ।अनेरास्ववियुले १३ आंगिकसहित १०३,  नेविसंघले १६ आंगिकसहित ११५, र अखिल (क्रान्तिकारी) ले १० आंगिकसहित ८५ वटा क्याम्पसमा स्ववियु चुनाव जितेका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, रत्नराज्य क्याम्पस , त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, पाटन बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस,  पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, शिद्धनाथ साइन्स क्याम्पस, वीरेन्द्र बहुमुखी ,सुर्खेत बहुमुखी क्याम्पस लगायत आंगिक क्याम्पसहरूमा स्ववियु चुनाव हुनै बाँकी छ ।

अमृत साइन्स क्याम्पस काठमाण्डौ र पृथ्वीनारायण क्याम्पस पोखरामा हिजो चुनाव भएको छ । अमृत साइन्स क्याम्पमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ भने पोखराको पृथ्वीनारायण क्याम्पसको मतगणना आज भैरहेकाे छ।

प्रतिक्रिया दिनुहोस