logo go bungy

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालनमा

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 हिजोसम्म दैनिक १४ घण्टामात्रै सञ्चालनमा रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा आएको छ ।

सञ्चालन अवधि बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ उडान तालिकासमेत निर्धारण गरेको छ ।

विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डानुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि बढाएको विमानस्थलले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने ‘लिङ्क वे’ को निर्माण सम्पन्न भएको छ । योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाउन लागिएको हो ।

अब काठमाण्डौ विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो ।

अहिले सञ्चालन अवधिलाई रातमा २ घण्टा तथा बिहानको १ घण्टा घटाइएको छ । अब यो नै विमानस्थलको पूर्णकालीन सञ्चालन अवधि हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस