पोखरा ।
अमरसिंह व्वाइज क्लबको आयोजनामा अाज सोमबारदेखि तेश्रो एबिसी एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको छ । “आपसी सद्भभाव, स्वास्थ्य र भाईचाराका लागि फुटबल” भन्ने मुल नारा सहित पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिबाट १० टीमको सहभागीता रहने अमरसिंह व्वाइज क्लबका अध्यक्ष राजेश गुरुङले जानकारी दिए ।
फोर्टी फाइभ प्लसका खेलाडीहरु विभिन्न टीमबाट खेल्ने उक्त प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछनभने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने मुल आयोजक आर्थिक संयोजक सुनिल गुरुङले बताए ।
प्रतियोगितामा आयोजक एबिसी भेट्रान्स, एक्स वरियर भेट्रान्स, चितवन भेट्रान्स, हेटौडा भेट्रान्स, संगम भेट्रान्स, एसएनकेसि भेट्रान्स, ढोलाहिटी युथ भेट्रान्स, लेकसाइड भेट्रान्स, कालिका स्पोर्टिङ भेट्रान्स (रुपन्देही ११) बगर भाइखलक भेट्रान्स बीच प्रतिष्पर्धा रहने छ । चैत्र २८ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक एबिसी भेट्रान्स र एक्स वरियर भेट्रान्स बिच अाज सोमबार दिनको एक बजे उद्घाटन खेल हुने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
काभा पुरूष भलिबलमा आज नेपालले अन्तिम खेल कजाखस्तानसँग
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
अमेरिका–इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दाबी
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध