पोखरा, २५ चैत्र ।
ग्रिनहिल युवा क्लबको आयोजनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला जारी छ ।
मेलामा महिला भलिबलतर्फ हिमशिखर युवा क्लब धम्पुस र बौद्ध सिर्जना युवा क्लब घलेल उपाधिका लागि भिड्ने भएका छन् ।
हिजाे भएको पहिलो सेमिफाइनल खेलमा धम्पुरले आयोजक ल्वाङलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा निश्चल झराना युवा क्लब लुम्रेलाई बौद्ध सिर्जना युवा क्लब धलेलले २–० को सोझो सेटमा हराउँदै फाइनलमा धम्पुससँगको भेट पक्का गर्याे । फाइनल खेल चैत्र २७ गते बुधबार सम्पन्न हुनेछ । यस्तै सोही दिनदेखि पुरुषतर्फको खेलपनि सञ्चालन हुनेछ । पुरुषतर्फ आजसम्म कुल १८ टिमको दर्ता भएको छ ।
बेलुन फुटाउने प्रतियोगितमा आयान गुरुङ प्रथम, वानयान पुन द्वित्तिय र कृजल परियार तृतीय बनेको खेल संयोजक अनोद गुरुङले बताए ।
उनका अनुसार मेच घुमाईतर्फ प्रिया परियार प्रथम र मनिसा विक द्वित्तिय बनिन् ।
पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार र उपविजेता टिमलाई नगद रु ६० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।
यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने छ ।
२६ गतेका कार्यक्रम २७ गते हुने
आयोजक संस्थाका निवर्तमान अध्यक्ष दिपक गुरुङका बुबाको निधन भएपछि २६ गते हुने भनिएको कार्यक्रम स्थगित गरी उक्त्र दिनका सबै कार्यक्रम २७ गतेका लागि तय गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । ‘आज हाम्रो क्लबका निवर्तमान अध्यक्षज्यूको पुजनीय बुबाको निधनले हामी सबै स्तब्ध भएका छौ, उनले भने, ‘त्यसैले आज २६ गते हुने भनिएको सबै कार्यक्रम एक दिन पछाडी सारेका छौ । अब हाम्रो मेला भाेलीबाट निरन्तर हुनेछ ।’
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
काभा पुरूष भलिबलमा आज नेपालले अन्तिम खेल कजाखस्तानसँग
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
अमेरिका–इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दाबी
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध