आज सुनको भाउमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
गएको बिहिवार सुनको भाउ एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घटिरहेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हाे ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
४८ वटा राहदानी बोकेकी एक महिला विमानस्थलबाट पक्राउ