logo go bungy

दुर्गा प्रसाईं चढेकाे जहाज काठमाडौँ विमानस्थलमा अवतरण हुँदै

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई  पक्राउपछि   काठमाडौँ पठाइएको छ । 

झापा प्रहरीले उनलाई बुद्ध एयरको जहाजमा भद्रपुरबाट बिहान ११ बजेर ५० मिनेटको फ्लाइटमा पठाएको हो । उक्त जहाज काठमाडौँ विमानस्थलमा साढे १२ बजे अवतरण हुने बताइएको छ । 

सुरक्षा स्रोतका अनुसार उनलाई  प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट ल्याइएको थियो ।  बिहान १० बजेर ७ मिनेटमा उनलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ । तर, प्रहरीले भने उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस