सुनको भाउले आज र्कीतिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो ।
आज सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पेनाल्टीमा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित