प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा उपस्थित नहुने भएका कारण प्रश्नोत्तर स्थगित
प्रतिनिधिसभाको बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा उपस्थित नहुने भएका कारण प्रश्नोत्तर स्थगित भएको छ ।
स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । आजको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यक्रम थियो ।
आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८१’ पेश गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित