पोखरा ०९ वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा कष्णटोल आमा समूहले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका विच उक्त टोल आमा समूहकी अध्यक्ष रुपा के.सी.ले रू. 30,505/-(तीस हजार पाँच सय पाँच रुपैया ) विद्यालयलाई सहोग स्वरूप हस्तन्तरण गरेकी हुन् ।
विद्यालयमा निम्न माध्यमीक तहमा शिक्षक दरवन्दी नभएको र लामो समयदेखि विद्यालयमा सहयोग प्रदान गरिरहेको संस्था डायल समूदायले सहयोग गर्न असमर्थता दिदा विद्यालयमा शिक्षकलाई पारिश्रमिक प्रदान गर्न निकै कठिन रहेको अवस्थामा विद्यालय वरपरका संघसंस्थाहरुलाई सहयोगको याचना गरिएको र उक्त अवस्थामा सहयोग गदिदिदा निकै खुशि भएको विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले बताइन् ।
सोहि क्रममा सहयोगी संस्था कृष्णटोल आमा समूहको अध्यक्ष रुपा के.सी.ले आफ्नो समुदायको विद्यालय जोगउन सवैले चासो दिनुपर्ने धारणा राख्दै तिहारको समयमा दिदिबहिनीहरु देउसी भौलो खेली संकलन गरेको रकमवाट केही रकम विद्यालयमा सहयोग गर्न पाउँदा समग्र आमा समूह खुशी रहेको बताइन् । सहि क्रममा आगामी दिनमा पनि विद्यालयको विभिन्न क्षेत्रमा आफ्नो क्षमता अनुसार सहयोग गर्न टिम उत्सुक रहेको पनि जनाइन् ।
विद्यालयका निवर्तमान संयोजक तथा जनप्रतिनिधी नन्दराम गिरिले पनि विद्यालयमा उत्तरदायीत्व सरकारको साथसाथै समुदायको पनि हुने हुँदा सहयोगी आमा समूहको कदम प्रति खुशी व्यक्त गरे । साथै त्यस्ता किसिमका सहयोगले अस्थायी समस्या मात्रै समाधान हुने हुँदा दीर्घकालिन रुपमा समस्या समाधानमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।
पोखरा 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले कृष्णटोल आमा समूहले गरेको कार्यप्रति खुशी व्यक्त गर्दै समग्र आमा समूहलाई पनि सकरात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा आमा समूहलाई धन्यवाद दिए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले विद्यालयलाई निम्नमाध्यमिक तह सम्म सञ्चालन गर्न राज्यले अनुमति दिएर शिक्षक व्यवस्थापन नगरिदिदा निकै समस्या झेलिरहनु परेको वताए। साथै विभिन्न सहयोगी संस्था हरुको सहयोगले गर्दा निरन्तर रुपमा विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न विद्यालय प्रायसरत रहको वताए । सहि क्रममा विभिन्न समयमा सहयोग प्रदान गर्ने दाताहरु, र संघसंस्थालाइ स्मरण गर्दै कृष्णटोल आमा समूह परिवारलाई धन्यवाद व्यक्त गरे ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, कृष्णटोल आमा समूहका पदाधिकारीहरु, शिक्षक लागएतको उपस्थिती रहेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
चुनावकाे दिन पर्यटकको आवागमन सवारी साधनलाइ अनुमति अनिवार्य
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै
विद्युत् नियमन आयोगले नयाँ मापदण्ड ल्याउँदै