logo tiger cup

कस्केली अधिकृत समाजको साधारणसभा तथा अधिवेशन हुने

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

पोखरा, ७ माघ । कस्केली अधिकृत समाजको ११ औं साधारणसभा एवम् आठौं अधिवेशन यही माघ १० गते हुने भएको छ ।

पोखराको बास्तोलाथ रस्थित पोखरा पार्टी प्यालेसमा साधारणसभा एवम् अधिवेशन गर्ने गरी तयारी गरिएको समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो । अधिवेशनका अवसरमा समाजको प्रकाशन अधिकृत आवाज २०८२ (अब्क ११) लोकार्पण समेत गरिने उहाँले बताउनुुभयो ।

अधिकृत आवाजको प्रधान सम्पादकमा दुुर्गाबहादुर शाह (बाबा) रहनुभएको छ भने सम्पादकहरूमा चन्द्रबहादुर सुवेदी, देवेन्द्र केसी "देवुु’, ऋषिराम लामिछाने र वसन्त चालिसे रहनुुभएको छ ।

त्यस्तै अधिकृत आवाजको प्रकाशन तथा व्यवस्थापन समितिको संयोजकमा महेश पौडेल रहनुभएको छ भने सदस्यहरूमा विष्णुप्रसाद पोखरेल, सुमित्रा मल्ल उदास, अनिलकुमार शाही, वासुदेव पौडेल, सन्तोष ढुङ्गाना र चन्द्रवती अधिकारी वाग्ले रहनुुभएको छ ।

साधारणसभा तथा अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न चारवटा उप समितिहरू गठन गरिएको छ । उपसमितिका संयोजकहरूमा संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदी, उपाध्यक्ष लोकनाथ दवाडी, सचिव महेश पौडेल र सदस्य सन्तोष ढुङ्गाना रहनुुभएको छ ।

यसैबीच साधारसभा तथा अधिवेशनको तयारीमा सम्बन्धमा आज बसेको समाजको कार्यसमतिको बैठकमा आफ्नो कार्यकालको समिक्षा गरिएको छ । समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुुभएको बैठकमा सल्लाहकारहरू दुर्गाबहादुर शाह ।।।बाबा।।।, प्रेमप्रकाश गौतम, विश्वनाथ पराजुुली र विष्णुुप्रसाद बराल सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यले समाजको महिमा र गरिमालाई उचो बनाउनका लागि निरन्तर लाग्नुुपर्ने बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस