नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो ।
माघ लागेयता मुख्य गरी काठमाण्डौ उपत्यकामा ग्यासको अभाव छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ । बिक्रेताले ग्यास छैन भन्दै फर्काउने गरेको र डिपोहरूले समेत अभावले आपूर्तिमा समस्या रहेको बताएका छन् । जाडोमा ग्यासको खपत केही बढ्ने र समस्या हुने गरेको उनीहरुको भनाइ छ ।
भारतबाट मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास आउने गरेको छ । नेपाल आयल निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमले अहिले देशभर रहेका ६० वटा उद्योगमा भारतबाट आएको ग्यास उपलब्ध गराएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित