आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर
विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो ।
तीन जनालाई बिगो ४ लाख ४८ हजार ५२५ काे आधा रकम २ लाख २४ लाख २६२ रुपैयाँलाई दामासाहीले भाग लगाउँदा हुने जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत भनेको छ ।
उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र त्यो डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका–२७ मा नियन्त्रणमा लिइएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित
चीन र अमेरिकाबीच व्यापारिक तनाव चर्किने सम्भावना