logo tiger cup

उच्च पहाडी र हिमाली क्षेत्रका एकदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

आज देशका उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो तराइ भागका केही ठाउँमा दिउँसोसम्म कुहिरो कायमै रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस