logo tiger cup

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने थप ५ जना प्रहरी नियन्त्रणमा

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

पाेखरा, कास्की जिल्ला अन्तर्गत बिभिन्न स्थानहरुमा चल्ने स्कुल बस चालकहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको भन्ने जनगुनासोको आधारमा आज जिल्ला प्रहरी कार्यालय कास्की तथा ट्राफिक प्रहरी सहित खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न स्थानमा स्कुलबसका चालकहरुलाई चेकजाँच गर्दा मादक पदार्थ सेवन गरेको पाईएकोले उनीहरूलाइ नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको छ । 

पक्राउ पर्नेमा रत्न ज्योती बोडिङ स्कुलको ग १ क ५९६२ नं. को बस चालक जिल्ला पर्वत घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ बस्ने वर्ष ४२ को गोबिन्द क्षेत्री, KEF सेकेन्डरी स्कुलको ग १ क ४७६३ नं. को बस चालक जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१६ बाटुलेचौर बस्ने वर्ष ४५ को सर्वजित रेग्मी, श्री गुरुकुल बिद्यासधन बोडिङ स्कुलको ग १ क १९५७ नं. को बस चालक जिल्ला पर्वत घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ बस्ने वर्ष ४७ को दल बहादुर सुनार, इमानुयल बोडिङ स्कुलको ग १ क ५००८ नं. को बस चालक जिल्ला चितवन रत्न न. पा. ११ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ नयाँबजार बस्ने बर्ष ४७ को मन बहादुर तामाङ, गण्डकी बोडिङ स्कुलको ग १ क ६६२३ नं को बस चालक जिल्ला म्याग्दी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १९ लामाचौर बस्ने बर्ष ३० को रोनिश खनाल रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस