logo tiger cup

नेपाललाई अहिले सुधार चाहिएकाे छ : गगन थापा

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

 नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् । उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए ।

‘नेपाललाई अहिले सुधार चाहिएको हो । सुधारको ग्यारेन्टी लिएर हामीहरू उभिएका छौँ । संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने ? नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०/१२ वर्ष जसरी विकास हुनुपथ्यो, त्यो हुन सकेन,’ सभापति थापाले भने, ‘हामीले मान्यौं, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौ । यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी सम्हालिनुपर्छ ।’

सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने पनि जिकिर गरे । देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस