राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ । रास्वपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रवारसम्म भारत भ्रमणमा जानुहुनेछ ।
लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ । साथै उहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ ।
पार्टी सभापतिसँगै उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि भारत जाने रास्वपाले जनाएको छ । भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ