logo tiger cup

पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका सुकुम्बासी व्यवस्थापन गर्न ६ वटा ठाउँ प्रस्ताव

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका सुकुम्बासी व्यवस्थापन गर्न जग्गा खोजीका निम्ति बनेको समितिले ६ वटा ठाउँ पहिचान गरेको छ । समितिले ती जग्गा प्रस्ताव गरेको छ । जग्गा खोजी तथा सिफारिस समितिले पोखरा महानगरका वडा नम्बर ११, १४, १५, १७, २१ र २५ आसपासका सरकारी तथा सार्वजनिक जग्गालाई सम्भावित ठाउँका रूपमा प्रस्ताव गरेको छ ।
बसपार्क क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक बसपार्क निर्माण गर्ने महानगरको योजनाअनुसार सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो । सोही क्रममा महानगरले ३ वटा छुट्टाछुट्टै समिति गठन गरी अध्ययन, तथ्यांक संकलन र समाधानको प्रक्रियाअघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस