logo tiger cup

भूटानी खेलाडीलाई ‘टाइम्ड आउट’ लिएकाेमा क्यानले माग्यो माफी

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा नेपाली खेलाडीहरूले गरेको ‘टाइम्ट आउट’ अपीललाई लिएर नेपाल क्रिकेट सङ्घ (क्यान) ले माफी मागेको छ ।

क्यानले आज विज्ञप्ति निकालेर भूटानी ब्याटरलाई ‘टाइम्ड आउट’ गराइएको घटना अफूहरूले अङ्गीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावनाअनुसार नरहेको जनाएको हो । यस्तै क्यानले भूटान क्रिकेट, सम्बन्धित खेलाडी तथा सरोकारवालाहरूसमक्ष क्षमायाचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा भूटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो । त्यसपछि भूटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडेन निर्धारित ९० सेकेन्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले ‘टाइम्ड आउट’ अपील गरेको थियो ।

नेपालले अपील गरेपछि अम्पायरले आउट भएको सङ्केत गरेका थिए । नेपालले अपील नगरेको भए भूटानी खेलाडी आउट हुने थिइनन् । यो खेल नेपालले ५१ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस