एशियाली खेलकुदको पुरुषतर्फको छनोटमा नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई १ सय ५४ रनले पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।
नेपाल र मलेसिया समूह ‘ए’ बाट तथा हङकङ र ओमान समूह ‘बी’ बाट विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले ओमान र मलेसियाले हङकङसँग सेमिफाइनलमा खेल्नेछ । दुवै सेमिफाइनलका खेल पर्सि आइतवार हुनेछन् ।
नेपालले समूह ‘ए’ को विजेता बन्नेक्रममा आफ्नो पहिलो खेलमा चीनलाई २ सय २१ रनले र दोस्रो खेलमा हिजो मलेसियालाई १ सय ६७ रनले पराजित गरेको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
विश्वकप फुटबलमा आज राति पोर्चुगल र उज्वेकिस्तान खेल्दै
अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने
चोटकाे कारण नेयमारले दाेस्राे खेल पनि गुमाउने
भर्खरै प्रकाशित