logo go bungy

फिर्के किनारबाट ६ परिवार विस्थापित, ४० परिवार सुकुम्बासी जोखिममा

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

पोखरा महानगरपालिकाले फिर्केखोला क्षेत्रको अतिक्रमण हटाएपछि खोलाघर क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारहरू विस्थापित भएका छन् । फिर्के खोलाघर हटाउँदा ६ परिवार विस्थापित भएका छन् भने करिब ४० परिवार सुकुम्बासी जोखिममा छन् ।


विस्थापित परिवारहरू अहिले भाडामा बसोबास गरिरहेका छन् । उनीहरुको दीर्घकालीन आवास र जीविकोपार्जनको विषय अझै अनिश्चित छ । विस्थापितमध्ये एक हुन्, पोखरा ४ भँगेरथानकी सीता शाही । उनी २०५९ सालदेखि फिर्के खोलाको किनारमा रहेको २ कोठे घरमा बस्दै आएकी थिइन् । महानगरले अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत संरचना हटाएपछि अहिले उनी नजिकैको भाडाको कोठामा बसिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस