‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले सुरुङ मार्ग भएर आवतजावत गर्ने गाडीसँग शुल्क उठाउनका लागि कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुरुङ मार्गभित्र उद्धारका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा ‘लाइट’ एवं ‘भेन्टिलेसन’ को अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो । चौबिसै घण्टा सुरुङ सञ्चालनका लागि १५० जना कर्मचारी भर्ना गरिएको छ । ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ ।
सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबीच यसअघि औपचारिक सम्झौता भइसकेको छ । दैनिक आठ हजार गाडी सुरुङ मार्ग भएर आवतजावत गरेमा वार्षिक ३५ करोड बराबरको टोल शुल्क उठ्ने अनुमान गरिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ