logo go bungy

पाेखराका कृष्णले पाए न्याय, अपमान गर्ने बस नियन्त्रणमा

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

पोखराको सडकमा पत्रपत्रिका बेचेर जीविका चलाउने कृष्ण थापाले जेठ २३ गते एउटा नमीठो विभेद भोगे । बौद्धिक अपांगता भएका कृष्णले पोखरा महानगरपालिका वडा नम्बर ३२ मा बस रोक्न खोज्दा चालकले गाडी रोकेनन् । उनी बस चढ्न खोज्दै थिए तर बस नरोकी अघि बढ्यो । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि कास्की प्रहरीले सक्रियता देखाएको छ ।

प्रहरीले ग२ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिएको छ । ट्राफिक नियम उल्लंघन गरेकाले उक्त बसलाई जरिवाना गरिएको छ । कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी वीरेन्द्रकुमार पासवानले भिडियो र जनगुनासोका आधारमा तत्काल कारबाही गरिएको बताए । प्रहरीले बसका चालक र सहचालकलाई बोलाएर सम्झाएको छ । उनीहरूले अबदेखि फरक क्षमता भएका, अपांगता भएका र वृद्धवृद्धालाई यात्रामा प्राथमिकता दिने सहमति जनाएका छन् ।

सार्वजनिक यातायातमा अपमानित बनेका कृष्णले ढिलै भए पनि न्याय पाएका छन् । पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाको पहलमा आइतबार बेगनासताल पोखरा यातायात प्रालीसँग छलफल भएको छ । छलफलमा आगामी दिनमा कृष्ण र उनीजस्ता अन्य नागरिकमाथि यस्ता दुव्र्यवहार हुन नदिने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस