logo go bungy

प्रधानमन्त्रीले संसदमा अभिव्यक्तिलाई स्पष्टीकरण दिनुपर्ने एमालेको माग

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

प्रतिनिधिसभाकाे आजकाे बैठकमा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्रमन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयम् रोस्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो ।

प्रधानमन्त्रीले निरन्तर रूपमा संसद्को उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको सङ्केतका रूपमा चित्रण गर्नुभयो । उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्नसमेत गर्नुभयो ।

नेता थापाले संसदमा विद्यमान गतिरोध अन्त्यका लागि ३ वटा शर्त अघि सार्नुभएको छ । उहाँकाअनुसार प्रधानमन्त्रीले रोस्टममा आएर आफ्ना गल्तीहरू सच्याउनुपर्ने, सभामुखले विवादित अभिव्यक्तिबारे रुलिङ गर्नुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले आफ्ना सदस्यलाई गल्ती स्वीकार गर्न निर्देशन दिनुपर्नेछ । यी मागहरू पूरा नभएसम्म राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको गरिमाका निम्ति एमालेको सङ्घर्ष चलिरहेकाे उहाँकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस