गण्डकी प्रदेशको अधिवेशन शुक्रबार पोखरा सभागृहमा हुँदैछ ।
रास्वपा गण्डकीका अध्यक्ष राजन गौतमका अनुसार अधिवेशनको तयारी तीब्र गति अघि बढेको छ । प्रतिनिधि छनोटदेखि आवश्यक तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । रास्वपाले अधिवेशनबाटै नेतृत्व छान्न लागेकाले रास्वपा गण्डकी हाक्नका लागि धेरै नेताहरुले आकंक्षा देखाएका छन् । रास्वपा गण्डकीका अहिलेका सभापति राजन गौतम, महासचिव नवीन त्रिपाठी, रास्वपा नेता डा. हरि कार्की, कुमार खड्का लगायत नेताहरु गण्डकीको नेतृत्व सम्हाल्ने तयारी गरिरहेका छन् ।
वर्तमान सभापति राजन गौतमले ऐतिहासिक प्रदेश अधिवेशनबाट पुनः सभापति बन्ने आकांक्षा व्यक्त गरेका छन् । धेरै प्रतिनिधिहरुको चाहना अनुुसार आफूले सभापति दोहोर्याउन लागेको उनले सुनाए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित
मनसुन अझै निस्कृय अवस्थामा,पानी नपर्दा गर्मी धेरै
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ