logo go bungy

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

News Logoपरिचित खबर 1 हप्ता अगाडि
87 2 minutes read

आज  १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो ग्रहणको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। 

तर नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन।

नासाका अनुसार यो सन् १९९९ पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण खग्रास ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान छ। त्यस्तै, उत्तरी गोलार्धका अन्य धेरै स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्।आज चन्द्रमाको छाया उत्तरी रुसबाट अघि बढ्दै ग्रिनल्यान्ड, आइसल्यान्ड र उत्तर आन्ध्र महासागर हुँदै युरोपतर्फ सर्नेछ र पूर्ण ग्रहण स्पेनसम्म पुग्नेछ।

यति ठूलो खगोलीय घटना नेपाल र एसियाबाट देखिँदैन।  सूर्यग्रहण पृथ्वीको सबै स्थानबाट देखिने घटना होइन। सूर्य, चन्द्रमा र पृथ्वी एक निश्चित ज्यामितीय अवस्थामा आउँदा चन्द्रमाले सूर्यको प्रकाश छेक्छ र यसको छाया पृथ्वीको सीमित भूभागमा मात्र पर्छ।

१२ अगस्टको ग्रहणमा चन्द्रमाको ‘उम्ब्रा’ अर्थात् पूर्ण छाया उत्तरी गोलार्धको उच्च अक्षांश हुँदै जानेछ। नासाको ग्रहण नक्साङ्कनमा पूर्ण ग्रहणको बाटो उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड हुँदै उत्तर आन्ध्र महासागर र स्पेनसम्म फैलिएको देखिन्छ। त्यसको बाहिर पर्ने क्षेत्रमा खण्डग्रहण मात्र सम्भव हुन्छ।

नेपाल भने उक्त छायाको क्षेत्रमा पर्दैन। त्यसैले देशका कुनै पनि स्थानबाट आजको सूर्यग्रहण देखिने छैन। भारतबाट पनि ग्रहण देखिने छैन। भारतीय सञ्चारमाध्यमहरूले समेत अगस्ट १२ को सूर्यग्रहण भारतबाट नदेखिने र यसको सुतक/प्रभाव बार्न नपर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस