logo go bungy

पोखरा महानगरपालिका–५ स्थित पर्स्याङमा अन्नपूर्णद्वारा घुम्ती शिविर सेवा सञ्चालनमा

News Logoपरिचित खबर 2 दिन अगाडि
87 2 minutes read

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ साबेत स्थायी घर भएकी भैखु विक पोखरा बस्न थालेको १० वर्षभन्दा बढी भयो । पोखरा बसेपनि बसाइसराइ प्रमाणपत्र नलिएका कारण वडाबाट पाइने सेवा लिन करिब ४/५ घण्टा लगाएर गाउँमै पुग्नुपर्ने बाध्यता छ । तर, गाउँमा गएर लिनुपर्ने सेवा पोखरामै पाउँदा उनी निकै खुसी थिए ।

यो आर्थिक वर्षका लागि उनले सामाजिक सुरक्षा भत्ता परिचयपत्र गनुपर्ने थियो । वर्षातको समयमा साबेत गाउँ पुग्न गाह्रो छ । यो समयमा वडा कार्यालयले पोखरा महानगरपालिका–५ स्थित पर्स्याङमा सञ्चालन गरेको घुम्ती सेवा शिविरमार्फत उनले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गरिन् ।

भैखु विक जस्तै अन्नपूर्ण गाउँपालिका–९, उल्लेरीका जालवीर पुन पनि घुम्ती सेवा शिविर सेवाबाट मख्ख देखिन्थे । सेवा शिविरमार्फत उनले आफ्नो अपांगता परिचयपत्र नवीकरण गर्नुका साथै जग्गाको मालपोत कर (तिरो) समेत बुझाए । यो शिविर पोखरामा आयोजना हुन्थेन भने आफूहरूले सास्ती खेप्नुपर्ने पुनले सुनाए ।

प्रतिक्रिया दिनुहोस