फिल्म ‘भष्मे डन’ले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । बुधबार खुला गरिएका शोको एड्भान्स टिकट केही घण्टामै बिक्री ३० प्रतिशत हाराहारीमा छ ।
क्यूएफएक्सले देशब्यापी आउटलेटमा दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई ६३ शोज दिएको छ । जसमध्ये राजधानी र केही जिल्ला सदरमुकामस्थित आउटलेटका हलमा टिकट बिक्री सन्तोषजनक देखिन्छ ।
आइएनआइले तीन आउटलेटमा १५ शोज, दुई आउटलेटको वान सिनेमाजले १३ शोज, बिग मूभिजले ६ शोज, एफक्यूबले ९ शोज दिएका छन् । पछिल्लो सप्ताहन्तमा दुई भारतीय फिल्महरु लियो र गणपत पनि रिलिज हुने भएकाले ‘भष्मे डन’को प्राप्त शो सन्तोषजनक हो ।
प्राप्त शोअनुसार ‘भष्मे डन’को एड्भान्स टिकट बिक्रीको ट्रेन्ड बिहीबार र शुक्रबार बेलुकासम्म कस्तो देखिन्छ, यसले फिल्म ओपनिङलाई आकार दिनेछ । निर्माताले दशैं फूलपाति छेकोमा फिल्मलाई शनिबार रिलिज गर्दैछन् ।
याे फिल्म नेपालमा शनिबार रिलिज हुँदा मध्यपूर्वका मुलुकमा भने पाँच दिनपछि मात्र प्रदर्शनमा आउनेछ । वितरक रमेश ढकालले त्यहाँका युएई, कतार, ओमान, बहराइनसहितका ६ मुलुकमा फिल्म रिलिज हुन लागेको बताए ।
बिपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का अभिनित फिल्मको लेखन तथा निर्माण खगेन्द्र लामिछानेले गरेका हुन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न