लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको हो।
बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ।
चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ पुगेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न