logo trishakti

नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एकको मृत्यु

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

    नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ। 

बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले  बताए। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गएराति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायब निरीक्षक जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्‍याएको थियो। राति १० बजेपछि स्वास्थ्य चौकी पुर्‍याएलगत्तै चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए। 

नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस