logo trishakti

चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदै

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

     विश्वको एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो ।

संसारकै ठूलो पानीमुनिको सो टेलिस्कोपको चिनियाँ नाम हाई लिंग हो, जसको अर्थ सामुद्रिक घण्टा भन्ने हुन्छ ।

Trident को पूरा नाम Tropical Deep Sea Neutrino Telescope हो । यो टेलिस्कोप सन् २०३० सम्ममा तयार भैसक्नेछ । तत् पश्चात्  न्यूट्रिनोको खोज गर्नेछ ।

न्युट्रिनो ती भूतकण हुन् जसका १ खर्बवटा कण हरेक सेकेण्डमा हाम्रो सरीरको प्रतिवर्ग सेन्टिमिटरमा गुज्रिएका हुन्छन् । तर यसबारेमा हामीलाई केहीपनि थाहा हुँदैन, किनकि यी कण देखिँदैनन् ।

यी कणहरुमा अज्ञात विद्युतीय चार्ज हुन्छ, जसको मापन गर्नपनि सकिँदैन । यी कणहरु तौलविहीन हुन्छन् र कुनै पदार्थसँग रासायनिक अन्तरक्रिया पनि गर्दैनन् ।

यसबाट हाम्रो ब्रम्हाण्डको उत्पत्तिको विषयमा खुलासा हुनेछ । साथै अन्तरीक्षमा हुने विस्फोटनहरु, प्रकाश तथा अन्धकारका साथै अन्तरीक्षमा हुने टकरावहरुको बारेमा पनि जानकारी प्राप्त हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस