नेपालले आगामी मिस इन्टरनेसनल प्रतिस्पर्धाका लागि नेसनल कस्ट्युम सार्वजनिक गरेको छ । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाहले नेपाली क्यालेन्डरअनुसार कात्तिक ९ गते हुने फिनालेमा उक्त पहिरन प्रस्तुत गर्नेछिन् ।
पञ्चबुद्धको थाङ्काबाट बनेको उक्त पहिरनले नेपालको हिमाली क्षेत्रको संस्कृति र वेशभूषालाई चित्रण गर्छ । पहिरनबारे प्रसिद्धिले सामाजिक सञ्जाल सन्देशमा भनेकी छन्, ‘यो पोशाकले चुनौतीपूर्ण भूगोल र सीमित सहयोग प्रणालीको बाबजुद विश्वभर सशक्तीकरण र बलको शक्तिशाली सन्देश पठाउँछ ।’
उनले अगाडि भनेकी छन्, ‘यो पोशाक परम्परा र आधुनिकताको एक उल्लेखनीय संयोजनको मिस इन्टरनेसनल प्रतियोगितामा अमिट छाप छाड्दै र हिमाली भेगका महिलाको असाधारण भावनालाई आत्मसात गर्दै प्रस्तुत छ ।’
मिस इन्टरनेसनलको फिनालेमा सहभागी प्रसिद्धि यतिबेला जापानको टोकियोमा छिन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न