दयाहाङ र दीयाकाे फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
फिल्ममा दयाहाङ र दीयाकाे मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशन अभिनेता माओत्से गुरुङले गरेका हुन् । माओत्सेको यो डेब्यु फिल्म हो ।
फिल्मा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारको पनि अभिनय छ ।
बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित फिल्मले खराब श्रीमान् र दयालु श्रीमती बीचको कथा भन्छ । शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको फिल्म मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको हो ।
फिल्मको कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न