logo trishakti

विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै सरकारद्वारा श्रीलंकाली क्रिकेट बोर्ड निलम्बित

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

      विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै श्रीलंकाली सरकारले त्यहाँको क्रिकेट बोर्ड निलम्बन गरेको छ ।

श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका छन् । गत जुनमा नेतृत्वमा आएका शिल्भाको कार्यकाल सन् २०२५ सम्म थियो ।

गत बिहीबार भएको विश्वकपको खेलमा श्रीलंका भारतसित ५५ रनमा अलआउट हुँदै ३०२ रनले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस