निश्चल बस्नेत निर्देशित नेपाली फिल्म ‘दिमाग खराब’ र हलिउडको प्रतीक्षित सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ प्रदर्शनमा आएका छन् ।
बस्नेत निर्देशित ‘दिमाग खराब’ले व्यवस्थाविरुद्ध एक आम नागरिकले लड्ने लडाइँको कथा पेश गर्छ । फिल्मको शीर्ष चरित्र इन्द्र शर्माको भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गरेका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, दयाहाङ राई र अर्पण थापाको पनि मुख्य भूमिका छ । ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चलले यो फिल्ममा वर्तमान समाज र राजनीतिको विकृत पक्ष र नागरिक असन्तुष्टिको कथावस्तु चित्रण गरेका छन् । ‘दिमाग खराब’को लम्बाइ १५० मिनेट छ ।
डिज्नी स्टुडियोको ‘द मार्वल्स’ सुपरहिरोइन फिल्म हो । मार्वल कमिक्समा आधारित यो फिल्मलाई निया डा’कोस्टाले निर्देशन गरेकी हुन् । ब्राय लार्सन, टियोना प्यारिस, इमान भेलानीको प्रमुख अभिनय छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न