logo trishakti

“हाम्रो लोक तथा दोहोरी सहयात्री” पुस्तक प्रकाशित

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

गित सगिंत क्षेत्रमा विकृतिहरु हटाएर पुर्ण सामाजिक मान्यता, धर्म, रितिरिवाज, चालचलन, जातिय लैङ्गिक तथा वर्णप्रति समानतामुलक समाज सिर्जना गर्ने उद्देश्यका साथ लेखक सागर चाँपागाईको “हाम्रो लोक तथा दोहोरी सहयात्री” पुस्तक प्रकाशन भएको छ।
कुनै गरिब परिवारका व्यक्तिहरु गीतको महत्वपुर्ण अंग विषयवस्तु “भाव” विज्ञ तर त्यसलाई शाब्दिक रुपमा गीत तयार पार्ने तरिका नभएकाहरुलाई सहयोग गरि अगाडी बढाउन यस पुस्तकले महत्वपुर्ण भुमिका खेल्ने छ।
गितसगिंत विभिन्न उमेर समुहका तथा विभिन्न पेशा आदि क्षेत्रका मान्छेहरुले सुन्ने भएकोले हरेक क्षेत्रका समस्या समाधान तथा सिकाई (विशेष गरी गीतमार्फत शैक्षिक क्षेत्रलाई) सरल तरिकाले अगााडि बढाउन र गित संगितको बजार वृद्धि गर्न साथै नेपाली कलाकारिता अन्तराष्ट्रिय तुलनामा कमजोर भएकोले प्रतिस्पर्धात्मक तथा स्तरिय बनाई व्यवसायिक कलाकारलाई आत्मनिर्भर बनाउन यो पुस्तक उपयोगी हुने देखिन्छ
नेपाली कलाकारिता क्षेत्रमा कलाकारलाई क्षमतावान बनाउन प्रर्याप्त सिकाईका स्रोत नभएकोले गीत संगितको सबैभन्दा गाह्रो प्रतयक्ष दोहोरी तथा र्याप गीतमा पहिले नै शब्द तयार नपारिकन तत्काल सृजना भएको माहोल तथा प्रतिस्पर्धीको प्रहारको उत्तर तत्काल दिन आफ्नो–आफ्नो सम्पूर्ण बोली नै गित बनाएर देखाउने कलालाई फ्रि स्टाइल भनिन्छ । 
कुनैपनि गीत लोकप्रिय बन्न भाव, संगित, कलाकार र छायांकन जस्ता विषयहरुको कति भुमिका हुन्छ भन्ने कुरामा विभिन्न अनुसन्धान गरी पुस्तक प्रकाशन गरिएकोले धार्मिक, आर्थिक तथा सामाजिक रुपमा सफल गायक तयार पार्न यो पुस्तक उपयोगी हुने लेखक सागर चाँपागाई बताउँछन् ।
लेखक सागर चाँपागाइ स्याङ्गजा जिल्ला अर्जुन चौपारी गाउँ पालिका बासी हुन् ।

प्रतिक्रिया दिनुहोस