हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट, चार घण्टा लामो प्रस्तुति दिएर अरिजित सिंहले झुमाए दर्शक
चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।
खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक झुमे । ‘यो मेरो पहिलो नेपाल भ्रमण हो । यहाँ उपस्थित सबैलाई धन्यवाद,’ यति बोल्दै उनले प्रस्तुति दिन थालेका थिए ।
त्यसपछि उनले ‘केसरिया तेरा’, ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुठा था तो’, ‘केहेते हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘घुंगरू टुट गए’सहित हिट गीत गाए ।
त्यसपछि उनले ‘दिल सम्हाल जा जरा’, ’रंगदे तु मो हे गेरुवा, ’अपना बनाले पिया’, ’जालिमा’, ’जो तु मेरा हम दर्द है’, ’खेरियत पुछो’, ’मे फिर भि तुमको’ जस्ता हिट गीत गाए । त्यसबीच उनले नेपाली गीत गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उनले ‘आउ न आउ यो मनलाई’ बोलको नेपाली गीत गाए ।
एक फ्यानले दिएको नेपाली झण्डा काँधमा राखेर उनले प्रस्तुतिलाई निरन्तरता दिए । अर्को चर्चित गीत ‘अच्छा चलता हुँ दुवाओमे याद रखना’बाट कन्सर्ट टुंगाए ।
बीचमा उनले नेपाली फ्यानलाई अटोग्राफ समेत दिए । उनको अटोग्राफ माग्न हायातको चौरमा लुगाको थुप्रो लागेको थियो । चिसोको पर्वाह नगरी फ्यानले अटोग्राफ लिन लुगा फुकालेका थिए ।
अरिजितको कन्सर्टले नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने आयोजकको भनाइ छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न