सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो ।
बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको हाे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु
अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न